सिरहा १२ माघ । अवैधरुपमा बोकिएको चाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहान नगरपालिका–८ बाट ५ किलो ७४३ ग्राम बराबरको चाँदीसहित शनिबार साँझ दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ बस्ने ३० वर्षीय सुमन विक र झापा शिवसतासी नगरपालिका–८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर विक रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here