सिन्धुली १२ माघ । जिल्लाको गोलन्जोर गाउँपालिकामा विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।बाख्रालाई रुख घाँस झार्ने क्रममा करेन्ट लागेर गोलन्जोर–७ खुर्कोटका ४१ वर्षीय टिका बहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । दिउँसो बाख्रालाई घाँस झार्ने क्रममा घाँसको डाला विद्युतको तारमा छोएर करेन्ट सर्ट भएर करिव १ बजे मृत्यु भएको हो । विद्युत वितरण गरिएको नाङ्गा तारहरु रहेका १०–२० मिटर भित्रका रुखहरु विद्युत प्राधिकरणले नै काट्नु पर्ने भएपनि नकाटी राख्नाले कतै तार रुखमा नै बेरिएका छन् त कतै भुइँमा नै झरेको अवस्था रहेको छ । विद्युत विस्तार विकास नभै गाउँगाउमा र ठाउँठाउमा धराप थापेको जस्तेै भएको छ । त्यसैले बिस्ता भन्दापनि व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिन्छ ।