सिरहा ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले घुससहित प्रहरी जवानलाई पक्राउ गरेको छ । सिरहाको सुखिपुरबाट बुधबार बिहान अख्तियारले पाँच हजार घुससहित प्रहरी जवान राजकुमार यादवलाई पक्राउ गरेको हो । भारतबाट भन्सार छलेर सामान ल्याउन सेटिङ मिलाइदिने भन्दै व्यसायीसँग यादवले घुस लिएका थिए । इलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत यादवलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here