आर.के.श्रीवास्तव ।

गरुडा,८ माघ । रौतहट जिल्ला को मध्य भाग अवस्थित रहेको अनामिका हस्पिटल प्र.लि.लाई एक कार्यक्रम का बिच औपचारिक रुपमा उदघाटन गरिएको छ । आज २०७६ माघ १० बुधवार का दिन अनामिक हस्पिटल प्र.लि. गरुडा रौतहट परिवार द्घारा उदघाटन समारोह कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा गरुडा नगरपालिकाका मेयर ईनुराय यादव रहनु भएको थियो भने बिशिष्ट अतिथि को रुपमा गरुडा नगरपालिका कि उप मेयर रंगिला देवि जयसवाल ,नगर उधोग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल सहितका व्यत्तिहरु विशिष्ठ अतिथि को रुपमा रहनु भएको थियो । कार्यक्रममा मेयर यादव र उपमेयर जयसवालले संयुत रुपमा दिप प्रज्जवलन गरि कार्यक्रको सुभारम्भ गर्नु भएको थियो । यस अवसरमा नगर प्रमुख यादवले रिबन काटेर हस्पिटल लाइ उदघाटन गर्नु भएको थियो । अनामिका स्पिटल प्रालीका अध्यक्ष श्रीनाराण साह कलवार को अध्यतामा उदघाटन कार्यक्रम समपन्न भएको थियो भने स्वागत मन्तव्य अस्पतालका डाक्टर आरबि प्रसादले राख्नु भएको थियो । कार्यक्रम मा बोल्दै मेयर यादवले अस्पतालको अगाडी रहेको बाटो लाइ काले पत्रे गर्ने प्रतिब्द्घता जनाएका थिए । अन्य वताहरुले अस्पतालको उतरोतर प्रगतीको शुभकामना व्यत गरेका थिए । यस अवसरमा गरुडाका डिएसपी ज्ञान कुमार महतो ,रामजी साह,समाजसेवि वंशिराम जयसवाल सहितका सयौं भद्र भलादमी ,राजनैतिक कर्मी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here