रौतहट, ५ माघ ।
रौतहटको सदरमुकाम गौरको विपी (मधेशी क्रान्ती) चौकमा बलिदानी दिवसको अवसरमा मैनवति प्रज्वलन गरिएको छ ।
राष्टिय विधार्थी संघ रौतहटले आयोजना गरेको कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, उपप्रमुख किरण कुमारी ठाकुर र समाजवादी पार्टीका नेता रेवन्त झा, राजपाका नेता विवेक यादव लगयातका दर्जनौं बुद्धिजीवीहरुको सहभागी रहेको थियो।
मैनवति प्रज्वलन कार्यक्रम पश्चात आयोजित कोण सभामा बोल्दैं नगर प्रमुख अजय कुमार गुप्ताले मधेशी क्रान्ति चौकमा भ्यु टावरको निर्माण कार्य हुने बताए ।
प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलहरुले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन् ।
मधेशवादी दलले प्रत्येक वर्ष झै यस वर्ष पनि आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन्।
प्रदेश नं.२ का सरकारले मधेश बलिदानी दिवशको अवसरमा सार्वजनिक विदा दिए पनि संघिय सरकारले विदा नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कतिपय कार्यालयहरु भन्ने खुल्ला नै रहेको थियो ।