आरके श्रीवास्तव ।

रौतहट, ५ माघ ।
रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको छ । सामाजिक न्याय,सुशासन र समावेसी लोकतन्त्र स्वस्थ व्यवसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र नाराका साथ जिल्लाको चन्द्रपुरको सगुन होटलमा आईतबार बिहान समिति गठन गरिएको छ । सो समितिका अध्यक्षमा राम प्रबेश बैठा , उपा अध्यक्षमा प्रदिप कुमार दास ( सम्राट ) , कोषा अध्यक्षमा जितेन्द्र दास, सचिवमा रोशन बैठा धोबि, सह सचिवमा राजेश कुमार पासवान ( निर्माणी ) सदस्यहरुमा दिपेन्द्र बैठा, सम्भु दास तत्मा, विश्वनाथ राम चमार , राजेश बैठा धोबि रहेको समितिका अध्यक्ष रामप्रवेश बैठाले जनाएका छन । रामप्रवेश बैठाको अध्यक्षतमा बसेको बैठकमा नेपाल पत्रकार महासंघ रौतहट का अध्यक्ष रविन्द्र साह, प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस संगठन जिल्ला सह संयोजक सुब्बा कार्की,विभिन्न मिडियाका पत्रकार,विशिष्ट अतिथि सक्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य मिलन बिक, प्रमुख अतिथि प्रहलाहद रामुदानु लगायतका व्यतीको सहभागीता रहेका थिए । कार्यक्रमको संचालन शिव चन्द्र साहले गर्नु भएको थियो भने स्वागत मन्तव्य अकोराब का केन्दिय्र सदस्य उमेश सुनारले राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here