आरके श्रीवास्तव
राैतहट,२५ पाैष ।
रौतहट जिल्लाको कटहरिया नपा वार्ड नम्बर ९ डुमरिया टोल स्थित रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रीजमा एक जना को मृत्यु भएको छ । ना १ च ४१४० नम्बरको ट्रैकटरले किचेर नाम खुलन नसकेको अन्दाजी ३५ वर्षिय एक जना पुरुष को मृत्यु भएको इप्रका गरुडाले जनाएको हो । गएराती सावा ९ बजेको घटना भएको जनाइएको हो । प्रारम्भिक अनुुसंधान बाट ट्रैकटरले किचेर मृत्यु भएको हुन सकने प्रहरीले भनेको हो । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकि रहेको छ । सावारी दुर्घटना बढेकोले सचेत भएर सावारी साधन चलाइ दिनु हुन गरुडाका डिएसपी ज्ञान कुमार महतोले आग्रह गरेका हुन् ।