बुटवल २३, । पुस अतिख्यार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय नलवपरासीमा कार्यरत खरिदार नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो मोहीको जग्गा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेका चौधरीलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता शुरेस भुषालले रातोपाटीलाई जानकारी दिए । सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्यितारको टोली बुटवलबाट परासी पुगेको थियो । घटनाको थप अुनसन्धान भइरहेको बताइएको छ । सभार रातोपाटी