मकवानपुर २३ पुस। तीन नम्बर प्रदेशको राजधानी र नामको सम्बन्धमा प्रदेश सभामा छलफल शुरु भएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले पेश गरेको प्रतिबेदनका विषयमा सभामा छलफल शुरू भएको हो । राजधानी सम्भाव्यता अध्ययन समितिले काभ्रे, चितवन नुवाकोट, भक्तपुर र मकवानपुरलाई राजधानी बनाउन प्रस्ताव गर्दै प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिबेदनमाथि छलफल गरियोस् भनि माननीय दिपक निरौलाले सभामा छलफलका लागि प्रस्ताब गर्नुभएको थियो।छलफलमा बोल्ने सत्ता पक्षकै सांसदहरुले समेत स्थायी राजधानी हेटौंडा बनाउने विषयमा सहमति जनाएनन् । संसदीय दलका उपनेता समेत रहनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री शालीकराम जम्मकट्टेलले मतदान प्रक्रियासम्म पुग्दा राजधानीको विषयमा एकमत हुने दाबी गर्नुभयो । काभ्रेका सांसदहरुले भने मकवानपुरका पक्षमा मतदान नगर्ने बताउँदै आएका छन् । काभ्रे नेकपाको सचिवालयसहित अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेशको राजधानी हेटौँडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि तीन नम्बर प्रदेशको राजधानी तोक्न चार महिनापछि संसद बैठक डाकिएको हो । सभार जनता समाचार