रौतहट २२ पुस । रौतहटको बृन्दावन नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको छ । आज मंगलबार बृन्दा वन नगरपालिकाको कार्यालयमा लगभग १ सय ५० जनालाई परिचयपत्र वितरण गरिएको छ ।
६० वर्ष नाघेको ब्यक्तिहरुको हक हितका लागि नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको निमित प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादवले बताउनु भयो ।
जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा बृन्दावन नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादव, नयाब सुब्बा हरिप्रसाद दुलाल लगायतका कर्मचारीहरु को उपस्थिति रहेको थियो ।
साथै सो परिचयपत्र नगरपालिकाका कार्यालयमा आइ आ(आफ्नो कागजातहरु बुझाइ जेष्ठ नागरिक परिचयपत्र लिनुहुन निमित प्रमुख प्रशासकीय अधिकृत यादवले आग्रह गर्नुभएको छ ।