काठमाडौं २२ पुस । काठमाडौंको साँखुस्थित मालपोत कार्यरत नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घुस रकम सहित प्रकाउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ हजार घुस लिदै गर्दा नियन्त्रमा लिएको हो । नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार रुपैया लिदै गर्दा नियन्त्रणमा लिइएको आयोग जनाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here