महोत्तरी २२ पुस । बस दुर्घटनामा नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान दुर्घटना हुँदा रायको मृत्यु भएको हो ।
काठमाडौं आउँदै गरेको ना५ख ६४११ नम्बरको बस रोकिराखेको ना४ख ५८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भिर घाइते हुनुभएका ५८ वर्षीय नेता रायको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहनुभएको थियो भने उहाँले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । दुर्घटनामा अन्य १८ जना कांग्रेस कार्यकर्तासहित सर्वसाधारण यात्रु घाइते भएका छन् । घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here