झापा २२ पुस । बिर्तामोड बजारमा नक्कली नोट कारोबार हुने खतरा बढेको छ । नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । नगरपालिका वडा ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका९५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका९४ बस्ने २५ वर्षीय किरण खवास नक्कली नोटसहित पक्राउ पररेका छन् । उनीहरुले नक्कली नोट कसरी ल्याए रु भन्नेबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।