काठमाडौं २२ पुस । अनलाइनबाट ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले सोमबार उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौंका सुशील गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत झुठा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गर्दै आएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here