काठमाडौँ २०, पुस । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २१ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको अनामनगर, ताल्छीखेल, पशुपति, बागडोल, टेकु, बसुन्धारा, न्यूरोड, नयाँ बानेश्वरलगायत क्षेत्रबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले अफनल श्रेष्ठ, फिम प्रसाद दलुाल, रमेशराज भण्डारी, शोभा महर्जन, वेबी अग्रवाल, बाबुराम कार्की, शिव श्रेष्ठ, रूपेश मल्ल, रमेश तामाङ, श्रीजन ताम्राकार, हिमांसु रजक, राजेन्द्र तामाङ, केशव प्रसाद घिमिरे, पुष्करनाथ भण्डारी, राज राउत, राज ताम्राकार, सुवर्ण भण्डारी, छत्र बहादुर नेपाली, शिव कुमार रायमाझी, मोदनाथ सिलवाल र निशान खड्काको मोटरसाइकल खोजेर बुझाएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here