रौतहट, १८ पौष ।
सैनिक श्रीमति संघ (नेपाली सेना) भन्द्रकालीले रौतहटका शितलहर पिडितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
संघले बिहीबार रौतहट जिल्लाको गुजारा नगरपालिका वड़ा नम्बर ३, कटहरिया नगरपालिका वड़ा नं.९ र बृन्दाबन नगरपालिका वड़ा नं. ९का सितलहरबाट प्रभावित, मुसहर सुकुम्बासी तथा दलित एवम बिपन्न परिवारहरुलाई लक्षित गरी राहत वितरण गरिएको हो।

Image may contain: 9 people, people standing


सैनिक श्रीमतिसंघद्वारा बाँडिएको राहत सामग्रीबाट ३५० घर परिवारहरु लाभान्वित भएका छन्।
नेपाली सेनाका श्रीमतिहरुको समुहबाट यसरी शिलतहर, विपन्न तथा मुुसहर सुकुम्बासीहरुले न्यानोका बेला राहत सामग्रीहरु पाए पछि सैनिक श्रीमति संघलाई धन्यावाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here