रौतहट, १८ पौष ।
रौतहटका प्रायः स्थानिय निकायहरुले आफनो दोस्रो र तेस्रो नगर सभा गरिरहेको गौर नगरपालिकाले भन्ने नगर सभाका लागि ५ औं अधिवेशन बोलाएको छ ।
रौतहटको सदरमुकाम तथा सबैभन्दा जेठा र पुराना नगरपालिकाको रुपमा रहेका गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले बिहीवार एक सुचना प्रकाशन गर्दै नगर अधिवेशन डाकेका हुन् ।
प्रशासकिय प्रमुख कार्कीैले जारी गरेको सुचनामा “स्थानिय संकार संचालन ऐन,२०७४ को दफा १६(४) को देहाय खण्ड क(४) को व्यवस्था र सोही ऐनको दफा १९ को उपदफा (१) र (४) बमोजिम गौर नगरपालिकाको नगर सभाको बैठक निम्न,मिति,समय र स्थानमा बस्ने गरि नगर सभाको पाँचौं अधिवेशन आव्हान गरिएको व्यहोरा श्रीमान् प्रमुखज्यूको निर्देशानुसार सुचित गर्दै बैठकमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु” भनि उल्लेख गरेको छ ।
यही पौष २५ गतेका लागि आव्हान गरिएको बैठकमा उपप्रमुख,वडाअध्यक्षहरु तथा नगरसदस्यहरुलाई आमन्त्रण गरिएको हो । बैठक नगरपालिकाको सभाहलमै बस्ने भन्ने उल्लेख छ ।