रौतहट १८ पाैैैष। नेपाल–भारत सीमाक्षेत्र मिचेर राैतहटमा बनाइएका घर–टहरा भत्काउन थालिएको छ ।
दशगजा क्षेत्रमै पशु बाँध्न, पराल राख्न तथा खेती गर्न थालेपछि दुवै देशका सुरक्षा अधिकारी मिलेर अतिक्रमण हटाउन थालिएको हो ।
पहिलो चरणमा परोहा नगरपालिका ७, ८ नरकटिया गाउँ र भारत स्थित मोतीहारी जिल्लाको कबैया पञ्चायत–६ खर्सलवा बीचमा पर्ने करिब १ किलोमिटर दशगजा को घर, गोठ टहरा, तरकारी बाली र गाईभैंसी नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल को संयुक्त टोलीले हटाउन सुरु गरेको हो ।
सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति एसपी रबिनराज कर्णजीत र एसएसबी २० बटालियनका कमान्डेन्ट तपनकुमार दासको नेतृत्वमा एक महिनाअघि भारतको सीतामढीस्थित बीओपी बैरगनियामा बसेको संयुक्त सीमा बैठकले दशगजा इलाकामा रहेका घरटहरा हटाउने , जमिनमा खेती गर्न नदिने निर्णय गरेको थियो ।