काठमाडौं । नेपाली काँग्रेस र समाजवादी पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो ।

काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी छ । अन्य प्रदेशमा भने काँग्रेस र समाजवादीबीच तालमेल हुने छैन । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा  राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here