रुपन्देही ।
सैनामैना नगरपालिकाको आयोजनामा आजबाट निःशूल्क छाला रोग शिविर सुरु भएको छ ।
सैनामैना नगरपालिका वडा नं. ६ कलौंनीमा रहेको दुधराक्ष स्वास्थ्य चौंकीमा शुक्रबार बिहान १० बजेदेखि शिविर सुरु भएको थियोे । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै नगरपालिकाले नगरबासीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनु भयाे।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले शिविरले मानिसमा जनचेता फैलाउन मद्धत पुराउने बताउनु भयाे । प्रमुख प्रशासकीय अधिकृत पन्थीले छाला सम्बन्धी विभिन्न रोग लागेपनि मानिसहरुले लुकाएर होईन उपचार गर्न अस्पताल जानु पर्ने सुझाब दिनु भयाे ।
छाला रोज विषेज्ञ डाक्टर बिक्रम ज्ञवालीले छाला , सौन्द्रय ,तथा यौंन रोगसँग सम्बन्धी शिविरमा चेकजाँच हुने जानकारी दिए । मानिसको सबै भन्दा ठुलो अंग छाला भएपनि हेरचाह र उपारमा ध्यान नदिनु दुखद भएको उनले बताउँदै छाला ठिक भए मात्र मानिस स्वस्थ्य र सुन्दर हुने बताए । छालासँग सम्बन्धी कुनै समस्या भएको विषेज्ञलाई देखाउनलाई आग्रह गरे ।
महिलाहरू विषेश चेक जाचका लागि २१ गते स्वास्थ्य शिविर संचालन हुने छ ।