रौतहट, ११ पौष ।
लामो समयको विवाद पछि बौधिमाई नगरपालिकाले आज शुक्रबार आफनो तेस्रो नगरसभा सम्पन्न गरेको छ ।
रौतहट जिल्लाको १८ स्थानीय निकाय मध्ये बौधिमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को आय व्ययका साथै निति तथा कार्यक्रम प्रस्तुत गर्दै पौष ११ गते तेस्रो नगर सभा सम्पन्न गरेको हो। नगरपालिकाका मेयर राजिव रंजन यादवको अध्यक्षतामा सम्पन सभामा नगर प्रमुख ( मेयर) राजीव रंजन यादवले आर्थिक वर्ष २०७६।०७७ को कुल आय ४२ करोड़को बजेट विनियोजन गरेका हुन। यसको लागी आंतरिक आय बाट ६० लाख, अन्तर सरकारी वित्तीय हस्तांतरण बाट १० करोड़ ८१ लाख ८५ हजार, केंद्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजस्व बाड़फाड बापत ७ करोड़ ९९ लाख ५८ हजार ८००, केंद्र तथा प्रदेश सरकार बाट प्रदान गरिने वित्तीय हस्तांतरण बाट ११ करोड़ ७५ लाख ६६ हजार , केंद्र तथा प्रदेश सरकार बाट प्रदान गरिने सर्शत अनुदानबाट ८ करोड़ ६६ लाख, प्रदेश सरकार बाट प्राप्त हुने सम्पूरक तथा विशेष अनुदान बाट ७० लाख र अघिल्लो वर्षको मौजदात १ करोड़ ६७ लाख ४४ हजार ५ सय ८६ रुपैया गरेर आर्थिक वर्ष २०७६।०७७ को कुल व्यय रु ४२ करोड़ २० लाख ५४ हजार ३ सय ८६ रुपैया विनियोजन गरेका हुन।

Image may contain: 7 people, people standing


नगरसभामा नगरपालिकाका सबै सदस्यहरुलाई लगायत प्रमुख प्रशासकिय अधिकृत एवम कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here