रुपन्देही । अत्याधिक शितलहर तथा चिसो बढे पछि सैनामैना नगरपालिकाको बिपद ब्यवस्थापन समितिको अकस्मिक बैठक आज बसेको छ । चिसो बाट हुन सक्ने जोखिम बाट नगरबासीलाई जोगाउनका निम्ति के कस्ता कार्य गर्न सकिने विषयमा वैठक बसेको हो ।
बैठकले जाडोबाट जोगिन समुदायिक बनहरु संग आवश्यक पहल गरि काठ दाउरा संकलन गरि नगरको चोक चोकमा वितरण गरि आगो ताप्ने ब्यवास्था मिलाउने , अति गरिव परिवार पहिचान गरि न्यानो कपडा वितरण गर्ने वैठकमा निर्णय गरिएको छ ।
सैनामैनाका चौक चौकमा जाडोबाट जोगिना आवश्यक काठ, दाउरा निशुल्क बितरण गर्ने, गरिव तथा विपन्न परिवार पहिचान गरि न्यानो कपडा बितरण गर्ने र मिडिया मार्फत आवश्यक जाडो बाट बच्ने उपाय र आवश्यक सतर्कताका लागि सुचना प्रवाह गरिने निर्णय भएका सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो । गरिव विद्यार्थी र गरिव परिवारहरुलाई टोलटोलमा न्यानो कपडा वितरण गरिने उहाँको भनाई छ ।
सैनामैना बासीलाई चिसो मौसमबाट बचाउन आवश्यक योजनाका लागि बिपद व्यवस्थापन समितिको बैठक बसी विभिन्न निणर्य गरिएको उहाँले जानकारी दिनु भयो ।
कोही पनि चिसोका कारण समस्यामा नपरुन र कसैले चिासो कै करण ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले बिपद व्यवस्थापन समितिको बैठक बसि आवश्यक तयारी गरि कार्यन्वयनमा लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
यसैविच बुटवलका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ । उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने निर्णय गरेको थियो । याे समाचार नरेश चाैधरीले रेडियो टाईम्समा लेखेका छन् ।