भोजपुर ७ पुस। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ । २४ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुका वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका हुन् ।
गत मंसिर १५ गते पीडितले आफूमाथी करणी गरेको भनि दिएको उजुरीको आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।अदालतबाट जबरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो । सभार जनता समाचार