रौतहट, ६ पौष ।
रौतहटमा बढदैं गएको जाडोमा राहत हुने कार्य रौतहटका समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयले आज चौथो दिन पनि जारी राखेको छ ।
करिब एक साता अगाडी देखि बढेको अत्यधिक जाडोमा सर्वसाधारणलाई राहत महसुस गराउन प्रहरीले आफना मातहतका प्रहरी कार्यालयहरु समेत गरि ५७ स्थानमा सितलहरबाट बाच्नको आगो ताप्ने व्यवस्था मिलाएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुरुप आज कार्यालय तथा मातहत समेतको कार्यालय प्रमुखहरुले बिभिन्न नगरपालिका, गाउँपालिकाहरुको बिपन्न समुदाय, गाउँ, टोल, वडाहरुमा रहेका डोम, मुसहर, ढांगर बस्तीहरुमा शितलहरको कारण चिसोबाट बच्नको लागी दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाएको हो ।
साथै जिल्ला प्रहरी कार्यालय रौतहट इलाका लक्ष्मिनियाको फतुवाबिजयपुर नगरपालिकाका विभिन्न वडाहरुमा, गुजरा नगरपालिकाको विभिन्न ठाउँमा, ईलाका प्रहरी कार्यालय चपुरले चन्द्रपुर नगरपालिकाको विभिन्न १५ ठाउँमा, ईलाका प्रहरी कार्यालय गरुडाले नगरपालिको विभिन्न १४ ठाउँमा, ईलाका प्रहरी कार्यालय मौलापुरले २ ठाउँमा, ईलाका प्रहरी कार्यालय देवाहोनाहीले ५ ठाउँमा, प्रहरी चौकी मठियाले ३ ठाउँमा, प्रहरी चौकी बेलबिछवाले २ ठाउँमा, प्रहरी चौकी औरैयाले २ ठाउँमा, प्रहरी चौकी वडहर्वाले १ ठाउँमा गरी जम्मा ५७ स्थानहरुमा आगो ताप्ने मिलाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अत्यधिक जाडो बढेपछि रौतहटका स्थानिय निकायहरुले आफना मातहतका विधालयहरु केही समयका लागि बन्द भएको घोषणा समेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here