बारा, ६ पौष। जिल्ला अदालत बाराबाट अपराधी सावित भएका बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रसौनी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको मुद्दाका फरार प्रतिवादी गाउपालिका अध्यक्ष भेडिहरलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा विश्रामपुर गाउँपालिका वडा नं.३ घर भई हाल गाउपालिका अध्यक्षमा निर्वाचित भएका भेडिहरलाई ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरीक्षक ओमप्रकाश यादव कमाण्डको प्रहरी टोलिले भेडिहरलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका भेडिहरलाई बारा जिल्ला अदालत कलैयामा पेश गरे पछि अदालतले निजलाई २९ दिन कैद भुक्तानको लागी पर्सा जिल्ला कारागार बिरगंजमा पठाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।
केही समय अगाडी मात्र प्रसौनी प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेका प्रहरी निरिक्षक लगातार अपराध नियन्त्रणमा सक्रिय देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here