रौतहट, ५ पौष । रौतहटको श्री राम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नु पर्ने प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताए छन ।
रौतहट लगायत छिमेकी जिल्लाका किसानहरुको करोडौ रकम भुक्तानी गर्न बक्यौता राखेर उद्योगपति हितेश गोल्छाले विभिन्न बाहाना यस वर्ष श्रीराम सुगर मिल सञ्चालन गर्न अहिलेसम्म कुनै चासो नदेखाएको प्रति कृषि राज्यमन्त्री यादवले कडा आपत्ति प्रक्ट गरको छन ।

कृषक जयनाथ यादवले श्रीराम सुगर मिल्स गरुडाको प्रांगनमा शनिवार आयोजना गरेको किसान जन जागरण अभियान अन्तर्गत मिल्स बचाउ कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै किसान र उद्योगी बिच रहेको समस्या समाधान गर्नका लागि गठित समितिका संयोजक समेत रहेका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले उद्योगीलाई जसरी भएपनि किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने र मिल्स पनि सञ्चालन गर्नुपर्ने बताएका हुन ।
मिल्स विगत पाँच वर्ष देखि किसानको ४२ करोड रुपैया भुक्तानी गर्न बाँकी राखेको र यस वर्ष अहिलेसम्म पनि मिल सञ्चालन गर्न कुनै चासो नलिएको देखिएको छ । मिल्स सञ्चालनको लागि आवश्यक सहयोग गर्न उद्योगीलाई प्रदेश सरकार तयार रहेको बताउँदै मन्त्री यादवले कुनै पनि हालतमा मिल्स बन्द गर्न नहुने बताउनुभयो ।

Image may contain: 9 people, people sitting and outdoor


एका तर्फ उद्योगीले मिल्स घाटामा गयो भुक्तानी कहाँबाट गरौ भन्ने गरेको र अर्कोतिर प्रत्येक वर्ष उद्योगीहरुले देश विदेशमा थप फैक्ट्री खोल्ने तथा अन्य उद्योगहरुमा लगानी गर्ने गरेको आरोप राज्यमन्त्री यादवको रहेको छ ।
यादवले कुनै पनि बहानामा उद्योगीले अब उद्योग बन्द गर्न नपाईने बताउँदै यथासिघ्र मिल सञ्चालन र किसानको बाँकी रहेको रकम भुक्तानी नगरे श्रीराम सुगर मिल्सका संचालक गोल्छालाई ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । मिल सञ्चालन र किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग राखेर उखु उत्पादक किसान संघका पुर्व अध्यक्ष जयनाथ यादवको नेतृत्वमा किसानहरु आन्दोलन शुरु गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here