मुर्गिया ३ पुुस । सैनामैना नगरपालिकाको आयोजनामा विहिबार एक कार्यक्रमका विच सैनामैनामा निर्माण हुने भवनहरुका विषयमा छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम सैनामैना नगरपालिकाको आयोजना तथा एनसेटको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले जनप्रतिनिधि आईसके पछि नगरपालिका भित्र भवन निर्माण गर्दा नक्सा बनाएर मात्र भवन निर्माण कार्य गर्ने पद्धतिको विकास भएको बताउनु भयो ।
भवन निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै दिगो संरचना बनाउनु पर्ने कुरामा उहाँले जोड दिनु भयो । भवन निर्माण संहिता कर्यान्वयनका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तरगत सो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
घर बनाउदा नक्सा पास, गुणस्तरिय निर्माण समाग्री प्रयोग, भवनको आकार, दक्षा जनशक्ति, प्रभावकारी अनुगमन भए सैनामैनाका बस्ति सुरक्षित, भुकम्प प्रतिरोधि घर हुन सक्ने कुरा उहाँले उल्लेख गर्नु भयो ।
व्यवस्थित नगर बनाउन सैनामैना नगरपालिका प्रतिबद्ध रहेको सैनामैना नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
नगरपालिकाका ईन्जिनियर सुरज न्यौपानेले नगर भित्र बनाईने संरचनाको अनिर्वाय नक्सा बनाउनु पर्ने र नक्सा पास गराएर मात्र घरधनीलाई भवन निर्माणका लागि स्विकृती दिने गरिएको बताउनु भयो ।
वडा नं। १० का वडा अध्यक्ष लोक नरायण थापाले भवन निर्माणमा घरधनी स्वयं सजग हुनुपर्ने कुरा बताउनु भयो ।
नगरवासिहरुमा नक्सा पास गराएर घर निर्माण गर्ने कार्यमा नगरवासिहरुमा सकरात्मक सोंच आएको वडा नं। ३का वडा अध्यक्ष रत्न बहादुर पौडेलले बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, वडा नं। १ देखि ११ सम्मका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, एनसेटका प्रतिनिहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
भवन बनाउदा मपदण्ड अनसार दिगो संरचना सहितको बनाउनु पर्ने एनसेटका प्रतिनिधिहरुको भनाई थियो । दरो घर दिगो बस्ती नाराका साथ छलफल कार्यक्रम भएको थियो ।