रौतहट, ३० मंसिर ।
रौतहट प्रहरीले अवैध रुपमा लगाइएको लागु औषध गाँजा फडानी गरि नष्ट गरेको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ४ हरैया पल्टुवा स्थित राम जानकी मठको कम्पाउण्ड भित्र लागु औषध गाजाँ रोपिएको खबर प्राप्त हुना पछि आईतबार गएको ईलाका प्रहरी कार्यालय समनपुरको टोलीले उक्त गाजाका बोटहरु फडानी गरि नष्ट गरेका छन् । ईप्रका समनपुरको प्रहरी नायब निरिक्षक अरबिन्द कुमार साहको कमाण्डमा खटिगएको उक्त प्रहरी टोलीले उक्त स्थानमा लगाईएको अंदाजी २५ वोट लागु औषध गाँजाको बोटहरु फडानी गरी नष्ट गरेका थिए । उक्त गाँजा को कस्ले लगाएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here