काठमाडौं, ३० मंसिर । मालपोत कार्यालय सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मण्डलले सेवा ग्राही संग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here