जनकपुरधाम,२९ मङ्सिर । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वर नाथ नगरपालिका ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवार लाई भेट्नु भएको छ ।
आज बिहानै टोली सहित घटना स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले घाइते हरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रती मृतक राहत समेत उपलब्ध गराउने बताउनु भयो ।मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्री परिषद्को बैठक बाट निर्णय गरिने बताउनु भयो। टोलिमा प्रदेश सभा का सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो । बम बिस्फोट को घटना मा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइते हरुको उपचार धरान मा भै रहेको छ ।
Home मुख्य समाचार प्रदेश नं.२ सरकारले घाइतेको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने, मृतक लाई क्षतिपूर्ति मुख्यमन्त्री...