रौतहट २९ मंसिर । ट्रकको ठक्कर बाट बाराकाे निजगढमा शनीबार राती भएको सो घटना परि मृत्यु भएका एम्बुलान्स चालकका परिवारजनकाे सम्पर्कमा ट्रकका मालिक र संघका पदाधिकारी नआएको भन्दै स्थानीयले चक्काजाम गरेका छन ।

मृतकका आफन्त, एम्बुलेन्स चालक तथा स्थानीयले फरार रहेका ट्रकका चालकलाई पक्राउ गर्नु पर्ने लगायतका माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन् । ट्रकको ठक्कर बाट मृतक भएका बिष्टको परिबार दिईने क्षतिपुर्तीको बिषयमा ट्रकका मालिक सम्पर्क बिहिन रहेको भन्दै आफन्त र शुभचिन्तकले चक्काजाम गरेका हुन । बाराको निजगढमा शनिबार राति करिब पौने ९ बजे भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर–९ डुमरिया निबासी ३२ वर्षीय श्याम भनिने ईश्वर विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिरामीलाई अस्पताल पुरयाएर रौतहट स्थित आफनो घर फर्किंदै गरेको ना ५ ख १०३३ नम्बरको एम्बुलेन्स लाई पूर्वबाट निजगढतर्फ जादै गरेको ना ६ ख ४९५४ नम्बरको ट्रकसँग ठोक्किएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । एम्बुलेन्समा चालक मात्र सवार रहेकोमा ट्रकको ठक्कर बाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतकको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाईने प्रहरीले बताइएने पनि आईतबार अपरान्ह सम्म शब उठन सकेको छैन । ठक्कर पछि ट्रक राजमार्गबाट दक्षिण तर्फ जंगलमा झरेको जनाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here