धनकुटा २९ मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को।२ ह।६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को।१ ख।६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको हो ।
टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिका–५ का २५ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।