सल्यान २८ मंसिर । पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो। हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको विद्यालयका शिक्षक धनबहादुर ओलीले बताए। विद्यालय मर्मत नहुँदासम्म पठन(पाठन प्रभावित हुने ओलीको भनाई छ। तत्काल भवन मर्मत नभएसम्म विद्यार्थी खुल्ला आकाशमुनि बढ्न बाध्य हुने उनको भनाई छ।