धनुषा २८ मंसिर ।धनुषामा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ स्थित राजेश साहको घरमा संकास्पद वस्तु भेटिएको भन्दै भिड जम्मा भएको बेला विस्फोट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा घरधनि ४६ वर्षका राजेश्वर साह र उहाँका २४ वर्षका छोरा सञ्जय साह रहेका छन् । दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रमूख जिल्ला अधिकारी कणेलले बताउनुभयो । यसैबीच गम्भीर घाइते हुनु भएका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दाहालको पनि उपचारको क्रममा मृत्यु भएको छ । उहाँको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै प्रहरी जवान रिजन महतो, मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि धरान पठाइएको छ । घटना के कारणले भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनुभयो । अहिले घटनास्थल आसपासका क्षेत्रमा गस्ती पनि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here