रौतहट, २६ मंसिर ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा ६, पथरा बुधराममा संचालित श्री माध्यमिक विद्यालयका प्रधानाध्यापकले नेपाल सरकारको खाजा वितरण निर्देशिकालाई लत्याउदैं विद्यार्थीहरु किरा भएको खाजा जगफुड वितरण गरेको पाईएको छ ।
नेपाल सरकारले प्राथमिक तहका बालबालिकाहरुको पोष्टिकतालाई ध्यानमा राख्नुका साथैं बालबालिकाहरु विधालय केन्द्रित बनाउन लागु गरेको खाजा दिवा खाजा कार्यक्रममा विद्यालयका प्राध्यानध्यापक राजेन्द्र साहले किरा युक्त खिचड़ी र पानीको मात्रा धेरै भएका चाउ चाउ खुवाउन र तयारी जंगफुड खुवाउने गरेको विधार्थी तथा अभिभावकहरुले बताएका छन् ।
सरकारी स्तरबाट प्रति विधार्थी निर्धारण गरेको १५ रुपैया बराबरको तयार गरि खुवाउने ताजा दिवा खाजाको साटो करिब ५ रुपैया पर्न आउने चाउ चाउ बालबालिकाहरुलाई वितरण गर्ने गरेको भेटिएको छ ।
खाजा वितरण बारे कक्षा २ मा अध्ययन गर्ने बालबालिकाहरुले गुनासो गर्दा शिक्षकले कुटपिट गर्ने धमकी त्रास दिने गरेको विधार्थीहरुको आरोप रहेको छ ।
दिवा खाजा वितरणबारे विद्यालयका शिक्षक दीपेन्द्र चौधरीले नगरपालिकाले समयमा खाजा वितरणको लागि रकम निकासा नदिएकोले उधारो खाजा खरीद गरेर विद्यार्थीलाइ दिने गरेको बताए ।
भने विधालयका प्राध्यानध्यापक राजेन्द्र साहले नगरपालिकाको निर्देशनमा विद्यालयमा खाजा बनाएर खुवाउने गरेको दावी गरेको छन । प्रति दिन फरक फरक ढंगको खाजा दिने गरेको समेत उनले दावी गरे ।
विधालयका निमित प्राध्यानध्यापक रामविश्वास प्रसादले खाजाको विषयमा प्राध्यानध्यापक र लेखापाललार्इ जानकारी रहेको प्रतिक्रिया दिएका छन ।
मौलापुर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र प्रसाद साहले खाजा बापतको रकम आफुहरुले समयमा नै विधालयहरुलाई उपलब्ध गराउँदै आएको बताउदैं विद्यार्थीहरु संग खाजा वितरणमा विधालयले गरेको व्यवहारको विषयमा छानविन गर्ने प्रतिक्रिता दिएका छन् ।