सप्तरी, २५ मंसिर ।

सप्तरीबाट महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वडाध्यक्षसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नं.–१२ का वडाअध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here