जनकपुर, २४ मंसिर ।
समाजवादी युवा संघ र समाजवादी बिधार्थी युनियनले संयुक्तरुपमा सोमबार जनकपुरधाममा १३ औं एसियन गेम्सका कुश्ती विजेता पदकधारी खेलाडीहरुलाई एक कार्यक्रमका विच सम्मान गरेका छन ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का भुमि व्यवस्था तथा ककृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले देशको सान र मान राख्ने हाम्रा खेलाडीहरु लाई सम्मानित गर्न पाउदा आफु गौरवान्वित भएको र अगामी दिनमा खेलजगतको विकासका लागि आफुबाट हुने सबै प्रकारका सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनकपुरको रामानन्द चौकमा समापन हुनु पुर्व नगर परिक्रमाको क्रममा बिजयी खेलाडीहरुलाई जनकपुरबासीले भब्य स्वागत गरेका छन।

प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल, कुस्ति संघ का केन्द्रिय अध्यक्ष राज महमद , ब्रहमदेव यादव, धर्मदेव यादव लगायत सबै विजेता तथा अन्यहरुको सहभागीता रहेको थियो ।