इलाम २३ मंसिर । सूर्योदय नगरपालिका–५ अन्तुडाँडामा रहेको होम स्टेमा आगलागीमा हुँदा २६ लाख बराबरको क्षति भएको छ मानबीर तामाङको काठको दुईतले घर, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होम स्टेमा बिधुत् सर्ट भई अचानक आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको हो आगलागीबाट घरभित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पूर्ण जिन्सी सामानहरु जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ