रौतहट, २१ मंसिर ।
रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका तथा तिनलाई जोडने नगरपालिकाहरु समेटी निर्माण भई रहेको स्मार्ट सिटी परियोजनाको पिचको कार्य गौर बह्रमपुरी सडकमा आरभ्म भएको छ ।
विभिन्न चरणका कार्यहरु पुरा भएका विभिन्न ठाउँहरु मध्ये गौर स्मार्ट सिटी योजना अन्तर्गत मसिंर १ गते गौर नगरपालिका देखि राजदेवी नगरपालिकाजोडने मुडबला गेटबाट सुरु भएको अस्पाट कन्क्रििट अर्थात पिचको कार्य अहिले गौर देखि बह्रमपुरी जाने सडकमा तिब्रताका साथ भईरहेको छ।
सदरमुकाम गौर नगरपालिकाको बरहवा नदी पारीबाट राजदेवी नगरपालिकाको लक्ष्मीपुर हुदैं बह्रमपुरी जानेबाटोमा स्मार्टसिटी योजना अन्र्तगत सबै चरणको कार्य सम्पन्न भएकाले अस््पााा कन्क्रिट (पिच) को कार्य आरम्भ गरिएको निर्माण कार्यको जिम्मेवारी पाएका आश्रय निर्माण सेवा जेभीका प्रोजेक्ट मैनेजर अजय कुमार गुप्ताले रेडखबरसंग जानकारी गराएका छन्।

प्रोजेक्ट मैनेजर गुप्ताले यस परियोजना अन्र्तगत अन्य कार्यहरु जस्तै मोतिपुर सडक विस्तार, गौर नगरपालिकाको कबिर चौकबाट बरहमा सम्मको कार्य लगायत खाली रहेका सबै ठाउहरुमा बाटो निर्माण तथा नाला एवम अन्य निर्माण गर्नु पर्ने कार्यहरु समेत गरिरहेको जानकारी गराए ।
परियोजनाले गौर नगरपालिकाको सौर्दयकरणमा महत्वपुर्ण भुमिका खेलेको स्थानियबासीहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here