रौतहट, २१ मंसिर ।
रौतहटको यमुनामाई गाउँपालिका स्थित सरुअठा हेल्थ पोष्टका इन्र्चाज सुधिर कुमार सिंहलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।
सिंहले एक महिलालाई चरम यातना दिई बलात्कार गरेको आरोपमा लागेको छ ।
घुमफिर गर्न गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम आएकी करिब ३० बर्षिया महिला घर फर्किन गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेको बेला डाक्टर सिंहले चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखि आफु कार्यरत सदरमुकामबाट १० किलोमिटर उतरमा रहेको सरुअठा हेल्थ पोस्टमा लगि बलात्कार गरेका थिए ।
बस चढाई दिन्छु भन्ने बहानामा लगेका डाक्टर सिंहले ति महिलालाई सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती करनी गरेको आरोप लागेको छ ।
पिडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको र उनले दिएको जाहेरीको आधारमा डाक्टर सिंहलाई शुक्रबार सदरमुकाम गौरबाट पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक नविन कार्कीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here