बुटबल ,२० मंसिर ।

सैनामैनामा प्लाष्टिक निषेध गर्न सैनामैनाका स्थानियहरुले समुहिक रुपमा ऐक्यबद्धता जनाएका छन् । सैनामैना नगरपालिकाको पहल र स्थानियहरुको सहयोगमा सैनामैनालाई प्लाष्टिक जन्यपदार्थको निशेध गरिने भएको हो । नगरलाई प्लाष्टिक जन्य पदार्थ निषेध क्षेत्र बनाउनका लागि विभिन्न चरणमा कार्यक्रम गरि प्लाष्टिकजन्य पदार्थको न्युनिकरण गरिने नगरपालिकाले जनाएको छ ।
शुक्रबार सैनामैना ७ सत्चिन्तन प्रतिष्ठानको भवनमा भएको प्लाष्टिक जन्य पदार्थ निषेध सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सैनामैना नगरपालिका, नगर भित्रका राजनितीक दल, वडा, टोल विकास संस्था, उद्योग तथा व्यापार संघ, उपभोक्ता हित संरक्षण मन्च, आमा समुह,क्लव,संघसंस्था लगायत स्थानियले प्लाष्टिक जन्य पदार्थको न्युनिकरणमा सहयोग गर्ने ऐक्यबद्धता जनाएका हुन् । सैनामैना क्षेत्रलाई प्लाष्टिक जन्य पदार्थ निषेध बनाउनका लागि नगरपालिकाको योजना मात्र नभई आम जनसमुदायको ठुलो भुमिका रहने सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । उहाँले प्लाष्टिकको प्रयोगले जनसमुदायमा ठुलो असर पुगेको अवस्थाका बारेमा चर्चा गर्दै यसलाई न्युनिकरणका लागि नगरले कुहिने प्लाष्टिकको प्रयोगमा ल्याउने विषयका बारेमा जानकारी गराउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सैनामैनालाई सफा र प्लाष्टिक जन्य पदार्थ निधेष बनाउनका लागि अभिमुखीकरण कार्यक्रमले सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले सबै सँग सहकार्य गरेर समृद्ध सैनामैना बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो । नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले प्लाष्टिक जन्य पदार्थ न्युनिकरण का लगि स्थानिय सरकार प्रतिबद्ध भए जनता स्वत: प्रतिबद्ध हुने बताउनुभएको छ । शर्माका अनुुसार घरबाट बाहिर निस्किदा पुन: प्रयोगमा ल्याउन सकिने झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उपभोक्ताहरुले व्यवहारमा समेत परिवर्तन ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा सैनामैना अध्यक्ष चेत नारायण न्यौपाने, नेपाली कांंग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारी लगायतले बोल्दै सैनामैनालाई प्लाष्टिक जन्य पदार्थ क्षेत्र बनाउन आफुहरुको पुर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँहरुले सम्पुर्णमा प्लाष्टिकको प्रयोगले पार्ने असर, यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ, यसको विकल्प के रु र प्लाष्टिक प्रयोग गर्दा हुने बेफाईदा लगायतका बिषयमा आम समुदायलाई सचेत गराउन आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा फक्स गुप्र प्रालिका दिपक शर्मा कंडेल र नरेन्द्र न्यौपानेले बायोटेक इन्जियरिङ, वाटर इन्जियरिङ, ईन्भारमेन्टल इन्जियरिङ, फाएर इन्जियरिङ लगायतका बिषयमा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी,राजनितिक दल, टोल विकास संस्था स्थानिय लगायतको सहभागिता रहेको थियो । संभार रेडियो टाइम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here