बारा,१७ मंसिर ।
विश्व प्रसिद्ध गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ ।
मन्दिरका पुजारीबाट पुआ गरि परम्परा अनुसारको बली पुजारीबाट दिए लगतै बलि चढाउन सुरु गरिएको हो । नेपाल तथा भारत लगायत अन्य देशबाट आएका लाखौं श्रद्धालुहरु बली चढाउनका लागि बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् । बोका, राँगा र परेवालगायत पशुपन्छी गढीमाईमा बली चढाइने गरिन्छ । भने आज राँगा बलीको कार्यक्रम मात्र राखिएको र भोली बोका बली दिने मेला समितिले जनाएको छ ।
प्रत्येक पाँच पाँच वर्षमा एकपटक महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा गढीमाई मेला लाग्ने गर्छ । मेला मंसिर १ गते देखि सुरु भई मसान्त सम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here