काठमाण्डौ, १७ मंसिर ।
नेपालको राजधानी भ्रमणमा रहेका नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवाल समानित भएका छन् ।
राजधानीमा रहेको महिला फाउंडेशन नेपालले बिषेश बैठकको आयोजना गरि अध्यक्ष जयसवाललाई समानित गरेको हो ।
महिला फाउण्डेशनका अध्यक्ष बिमला भट्रराई, महासचिव रमा गिरी, सदस्य बिना भट्ट, अंजू भट्रराई, दिपिका तामांग लगायतका पदाधिकारीहरुले जसवाललाई खादा ओढाई सम्मान गरेका हुन् ।
समान्न प्राप्त गरेका नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवालले पुरुष प्रधान देशमा महिलाहरूलाई सशक्त बनाउन जनचेतना जगाउनुपर्ने आवश्यक्ता रहेको औल्याउनु भयो । साथै पहाड तथा हिमाली भेगमा अँझै पनि महिलाहरु चुलोचौखोमै सिमित भएको हुँदा उनिहरुलाई बाहिरको वातावरणमा घुलमिल गराउनुका साथै सबै क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । महिला फाउण्डेशन नेपालले देशमा महिलाहरूलाई आत्म निर्भर बनाउन खेलेको भुमिकाको प्रशंसा गर्दै जयसवालले आगामी दिनमा पनि महिलाहरुको पक्षमा गर्ने कामहरुले निरन्तरता पाउनुपर्ने बताए।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महिलाहरूले पनी बिशेस भुमिका खेलेको हुँदा बिदेसी महिला पर्यटकहरुलाई नेपाल भ्रमनमा आउन आकर्षित गरेको धारणा राखेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here