जनकपुरधाम, १४ मंसिर । जनकपुरधामबाट नेपाल प्रहरीका एक प्रहरी निरीक्षक घुस रकम सहित पक्राउ परेका छन्। अख्तियारको टोलीले प्रहरी निरीक्षक रामकिशोर साहलाई ९० हजार घुससहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साह ठगी मुद्दामा सहयोग गरिदिने भन्दै एक जनासँग घुस लिएलगत्तै पक्राउ परेका हुन्। जनकपुरधाम उपमहानगरपालिका(८ बाट घुस रकमसहित प्रहरी निरीक्षक साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको बर्दिबास कार्यालयले जनाएको छ। घुस रकम बुझ्नकै लागि उनी जनकपुरधाम आएका थिए। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि अख्तियारको टोलीको बर्दिबास कार्यालय लगेको छ। सभार थाहा खबर