काभ्रे १२ मंसिर ।विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमति विपरित प्रशासनले वेवास्ता गरेको भन्दै केयूका प्राध्यापक र कर्मचारीले उपकुलपति र रजिष्ट्रार कार्यलयमा पुनः तालाबन्दी गरेका छन् । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषदको बैठक नं। ५८६ ले गरेका सम्झौताको स्वामित्व ६७ दिनसम्म पनि नगरेको भन्दै तालाबन्दी गरेको दुबै संगठनले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ। उनीहरुले ‘सहमति कार्यान्वयन गर्न नसक्ने’ कार्यकारी परिषदका सदस्यहरुको राजिनामा माग गरेका छन्।
४० दिनको निरन्तर तालाबन्दीपछि भदौ ३१ गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एकरएकप्रतिनीधि आमन्त्रित गर्ने सहमति भएको थियो। काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसंग गरेका सम्झौताका बुादाहरु कार्यकारी परिषदले स्वामित्व ग्रहण गरिसकेको अवश्थामा विश्वविद्यालय व्यवस्थापनले सहमति उल्लंघन भएको भन्दै दुवै संगठनले मंसिर १० गतेसम्मको अल्टिमेटम दिएका थिए।
सम्झौता कार्यान्वयन गर्न सहकुलपति तथा कुलपतिलाई अुनरोध गर्ने निर्णय गरेको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए। ‘सहमति पालना भएन, पचारिक पत्र लेखिएन, २५ औं दीक्षान्तको लागि रजिष्ट्रारले एसएमएस गरेर सभामा सहभागी हुन निमन्त्रणा गर्नुभयो,’ अध्यक्ष दाहालले भने, ‘सहमति पालना नभएकाले आन्दोलन गर्नुको विकल्प छैन।’ २५ औं दीक्षान्त अघि बसेको सभामा प्राध्यापकका प्रतिनिधी सहभागी थिएनन्।