अर्घाखाँची,११ मंसिर ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६, नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि १० जनाको घटनास्थलमै ज्यान गएकोे छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।
दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।
बस सडकबाट झण्डै पाच सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here