बारा, १० मंसिर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनसन बस्ने भएका छन् ।
नेकपा प्रदेश २ ले मंगलबार बाराको निजगढमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायी विरुद्ध अनसन बस्न पनि तयार रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका हुन् ।
उनले भन्ने यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्योई भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’।
प्रचण्डले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समाधान गर्ने पनि बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताए ।
मधेससँग आफ्नो लभ परेको दोहोर्याउँदै अध्यक्ष प्रचण्डले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले पनि बताए ।

Image may contain: one or more people, crowd and outdoor

तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले यो प्रक्रियामा अवरोध आयो भने जनतासँग मिलेर आन्दोलन गर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here