रौतहटमा ७, मंसिर। रौतहटमा एक बालिका दाजुबाट बलात्कृत भएकी छिन्। रौतहटको फतुवा विजयपुर नगरपालिका १ बैरगनियाँका १३ वर्षीया बालिका दाजुबाट बलात्कृत भएकी हुन् नगरपालिका अन्तर्गत वडा नम्बर १ बैयरगनियाँ २५ वर्षीय युवाले आफ्नै काकाकी १३ वर्षीय छोरीलाई बलात्कार गरेका छन् । उनले बिहीबार साँझ घर नजिकैको रहेको उखुबारीमा लगेर उक्त बालिकालाई बलात्कार गरेका थिए। बलात्कार गर्ने युवा फरार रहेका र पीडित बालिकाको चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया का प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिएका छन्।युवाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।