जनकपुरधाम, ७ मंसिर ।

बिहेका बेला दिएको दाइजोको मोटरसाइकल नामसारी नगरिदिएको झोंकमा श्रीमतिको हत्या खबरको प्राप्त भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन्।
हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन्।
फरार व्यक्ति तथा आफन्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here