रौतहट, ६ मंसिर ।
नेपाली काँग्रेसका उपसभापति एवम पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले मंसिर १४ मा हुने उपनिर्वाचनमा देशको मात्र नभई अन्तरराष्टिय जगतको आँखा रहेकोले आफना पार्टीका उम्मेदवारलाई अनिर्वाय जिताउन आग्रह गरेका छन् ।
रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा आयोजित चुनावी सभामा बोल्दैं उपसभापति निधीले मंसिर १४ गते हुने उपनिर्वाचनको बेवस्था नगरि यसलाई संवेदनशिल भएर हेर्न सबै मतदाता तथा आफना नेता एवक कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।
उनले समान्य अवस्थामा मुख्य निर्वाचनलाई मात्र प्राय देश र विदेशले हेरिरहेको धारण आ जनमानस तथा पार्टीका कार्यकर्ता र नेताहरुमा भई उपनिर्वाचनले महत्व नपाए पराज्य भोग्नु परेकोले त्यस्तो नगर्न अपिल समेत गरेका छन् ।
मंसिर १४ गते सम्पन्न हुने निर्वाचनबाट आएको नतिजाले अगामी निर्वाचनमा पार्टीको अवस्था र स्थान समेतको आकलन गर्ने भएकोले अन्तरराष्टिय जगतको ध्यानमा उपनिर्वाचन रहेको उनले प्रष्ट पारे ।
देशमा हाल सम्म भएका सबै विकासात्मक कार्य काँग्रेसले गरे पनि प्रसारबाजी भन्ने काँग्रेसले नगरेको समेत बताए ।
उपसभापति निधीले रौतहटको गढीमाई नगरपालिकाको वडा नं. २ मा उप निर्वाचनका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका आफना उम्मेदवार दिपेन श्रेष्ठलाई जिताउन सबै मतदाताहरु संग हाथ जोडेर अपिल गरेका छन् ।


कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्दै दिपेन श्रेष्ठलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् ।


रौतहटको क्षेत्र नं.४ बाट नेपाली काँग्रेसबाट निर्वाचित सांसद देव प्रसाद तिमिल्सीनाले सबैभन्दा सबल र सक्षम उम्मेदवार काँग्रेसले दिएकोले दिपेनलाई जिताउन अनुरोध गरे ।

Image may contain: 8 people, including Sunil Kumar Yadav, people sitting, table and food


कार्यक्रम जिल्ला सभापति कृष्णा यादवले पार्टीको उम्मेदवारका साथै दिपेन सक्रिय र सबैका उम्मेदवार भएकाले विकासका लागि दिपेन बाहेक अरुले कसैले गर्न नसक्ने भएकाले उनलाई नै जिताउन आग्रह गरे ।

Image may contain: 2 people, people on stage, crowd and outdoor


कार्यक्रममा नेपाली काँग्रेसका वडा नं. २ का उम्मेदवार दिपेन श्रेष्ठ, उपसभापति बिमलेन्द्र निधी, जिल्ला सभापति कृष्णा यादव, रौतहट क्षेत्र नं. ४ का सांसद देव प्रसाद तिमिल्सीना, पुर्व सांसद जितेन्द्र्र यादव, प्रदेश सांसद शेख रसिद अलि, बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, उप मेयर सुभद्रा जयसवाल, जिल्ला उपसभापति सुनिल यादव, जिल्ला सदस्य ग्रिसनन्द सिंह, युवा नेता रणधिर सिंह, श्रीराम यादव लगायत जिल्लाका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Image may contain: 11 people, crowd

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here